Menu

Showing posts with label रमाईला प्रश्नहरु. Show all posts
Showing posts with label रमाईला प्रश्नहरु. Show all posts

Saturday, May 21, 2011

पिन्टु

पिन्टु को बाउ को तिन वटा सन्तान. बिचको छोरी को नाम पिन्टु हो भने पहिलो र दोस्रो को नाम के हो?

..

..

..

..

..
आएन?? तल हेर्नुस ...
..

..


..


..


Pin1 र Pin3  हा हा हा ...

Sunday, April 4, 2010

लहरे प्रश्नहरु

१. हात्तिलाई तिन स्टेपमा कसरी फ्रिजमा बन्द गर्ने?

उत्तर: मुर्ख!! पहिले फ्रिजको ढोका खोल्ने, त्यसपछि हात्तिलाई फ्रिज भित्र हाल्ने अनि फ्रिजको ढोका लगाउने। सिम्पल..



२. एकचोटी जंगलमा जंगलको राजा सिहँले आफ्नो छोरीको बिहेको भोज आयोजना गरेछ। त्यस भोजमा उसले जंगलका सबै जनावरलाई डाकेछ। सिहँको भोज भनेपछि सबै जनावरहरु डराई डराई बिहेमा आएछन् तर त्यहाँ एउटा जनावर भने आएनछ। त्यो कुन जनावर हो र किन आएन?

उत्तर: हात्ति... किन आएन भने अघि भर्खर त्यसलाई फ्रिजमा बन्द गरेको हैन?? अनि कसरी आओस त बिचरा... हा हा हा

------------------------- Updated Version --------------------------------
एकचोटी जंगलमा जंगलको राजा सिहँले आफ्नो छोरीको बिहेको भोज आयोजना गरेछ। त्यस भोजमा उसले जंगलका सबै जनावरलाई डाकेछ। सिहँको भोज भनेपछि सबै जनावरहरु डराई डराई बिहेमा आएछन् तर त्यहाँ एउटा जनावर भने आएनछ। त्यो कुन जनावर हो र किन आएन?

उत्तर: धेरै खुट्टा हुने किरा, बिचराको धेरै खुट्टामा जुत्ता लगाउदा लगाउदा फुर्सदै भएन छ।

----------------------------------------------------------------------------------------

३. एक पटक चार जना साथीहरु जंगलमा घुम्न गएछन। जाँदा जाँदा घनघोर जंगलमा एउटा खोला आएछ। त्यहाँ कुनै पुल थिएन। त्यो खोलाको किनारमा एउटा बोर्ड रहेछ, जसमा लेखिएको थियो - यो खोलामा बिशाल गोहिहरु छन्, आज सम्म जो ब्यक्ति यो खोलामा गयो उ जिउंदो फर्केको छैन भनेर। सबै जना डरले थुर थुर कामेछन् तर रामे भने सिधै खोलामा गएछ र सरासर पारी पुगेछ। अब भन्नुस उसलाई गोहिले किन खाएन?

उत्तर: किनभने, सबै गोहिहरु त त्यो सिहँको बिहेमा गएका थिए।

Monday, March 29, 2010

5 and 7

Question: 5 is afraid of 7, why??

First think and then look at the answer below:

.
.
.
.
.
.
.
.

Answer: Because 7 8(ate)9.

बिरबल

प्रश्न: बिरबल लाई उल्टो पार्‍यो भने के हुन्छ?

उत्तर: बिरबललाई उल्टो पार्‍यो भने के हुनु नि बिरबलको टोपी भुंईमा खस्छ।
Nepal Directory