Menu

Showing posts with label मास्टरजी जोक्स/Teacher Jokes. Show all posts
Showing posts with label मास्टरजी जोक्स/Teacher Jokes. Show all posts

Thursday, September 8, 2011

Question!

Question By The STUDENTS!!

If A Single Teacher Can't Teach Us All The Subjects, Then..

How Could You Expect A Single Student To Learn All Subjects??

Friday, October 22, 2010

Follow Me

उहिले म क्याम्पस पढ्दा खेरी हाम्रो एक जना मास्टर हुनु हुन्थ्यो। उँहालाई अंग्रेजी त्यती आउंदैनथ्यो तर पनि वंहा बेला बेला कक्षामा अंग्रेजी झार्नु हुन्थ्यो। एक दिन सरले पढाई रहंदा सबैजना हल्ला गर्नमा ब्यस्त थिए। सरलाई त्यो कुरा चित्त बुझेनछ क्यारे।

अनि रामेतिर औला देखाउंदै भन्नु भयो: You Standup!!
रामे बिचरा डराउँदै डराउँदै उठ्यो। सरले Get Out भन्न खोज्नु भयो तर बिर्सनु भएछ। तै पनि सरले बुद्धि लगाउनु भयो र
फेरी भन्नुभयो: Follow Me!!
हामी सबै जना जिल्ल पर्यौ सर सरासर बाहिर जानु भयो, रामे पनि पछि पछि लाग्यो। बाहिर पुगेर सरले फेरी भन्नु भयो: Now, don't follow me!!

यति भन्दै सर कक्षा भित्र छिर्नुभयो।

Get Out

मास्टरजी को Follow Me!! जोक्स फैलिएपछी सरलाई लाज लागेछ क्यारे, उहाँले Get Out चाँहि कन्ठै पार्नु भएछ।
फेरी अर्को दिन पनि सबै जना पहिले जस्तै हल्ला गर्नमै ब्यस्त थिए। मास्टरजी ले यसपाली श्यामेलाई उठाउनु भयो र भन्नु भयो: Get Out!!

श्यामे सरासर बाहिर गयो। केही बेर पछी मास्टरजीलाई श्यामेलाई भित्र बोलाउन मन लागेछ। तर उहाँले Come In भन्ने शब्द बिर्सनु भएछ। मास्टर जीले फेरी Idea लगाउनु भएछ।

उहाँ आफै बाहिर जानु भयो अनि श्यामेलाई भित्रतिर देखाउँदै भन्नु भएछ: Get Out!!
Nepal Directory