उहिले म क्याम्पस पढ्दा खेरी हाम्रो एक जना मास्टर हुनु हुन्थ्यो। उँहालाई अंग्रेजी त्यती आउंदैनथ्यो तर पनि वंहा बेला बेला कक्षामा अंग्रेजी झार्नु हुन्थ्यो। एक दिन सरले पढाई रहंदा सबैजना हल्ला गर्नमा ब्यस्त थिए। सरलाई त्यो कुरा चित्त बुझेनछ क्यारे।
अनि रामेतिर औला देखाउंदै भन्नु भयो: You Standup!!
रामे बिचरा डराउँदै डराउँदै उठ्यो। सरले Get Out भन्न खोज्नु भयो तर बिर्सनु भएछ। तै पनि सरले बुद्धि लगाउनु भयो र
फेरी भन्नुभयो: Follow Me!!
हामी सबै जना जिल्ल पर्यौ सर सरासर बाहिर जानु भयो, रामे पनि पछि पछि लाग्यो। बाहिर पुगेर सरले फेरी भन्नु भयो: Now, don't follow me!!
यति भन्दै सर कक्षा भित्र छिर्नुभयो।
No comments:
Post a Comment